ट्याटु खोपाउन गएका विराजको ज्यान गयो

admin

भक्तपुर, २९ पुस : भक्तपुरमा ट्याटु खोपाउन गएका विराज खड्काको ज्यान गएको छ । मध्यपुरथिमि नगरपालिका १ लोकन्थलीका ३३ वर्षीय खड्काको ज्यान गएको भक्तपुर प्रहरीले जानकारी दिएको छ ।

खड्का (हिजो) बुधबार राति साढे ९ बजेको समयमा लोकन्थली मनहरा आँखा अस्पताल नजिकै रहेको आरुष मल्लले सञ्चालन गरेका इन्क ट्याटुमा ट्याटु खोपाउन गएका थिए ।  त्यहाँ अरूले पनि ट्याटु खोपिरेहका बेला उन पालो कुरिरहेका थिए । पालो कुर्दाकुदै खड्का बेहोस भएर एकैछिनमा ज्यान गएको प्रहरीले जनाएको छ ।

खड्का दमका समेत बिरामी रहेका र धेरै जाँड-रक्सी खाने गरेका पाइएको छ । उनको पोस्टमार्टमका लागि शव काठमाडौं मेडिकल कलेजमा राखिएको छ । शव पोस्टमार्टमपछि मात्रै ज्यान जानुको कारण थाहा हुने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया