वीरगञ्ज, ३० पुस : यही पुस २२ गते पर्साको वीरगञ्ज महानगरपालिका–२३ इटियाही, नारायणी बयोधा अस्पतालको पछाडि चौरमा मृ तावस्थामा फेला परेका रिक्सा चालक भारतीय नागरिक ४५ वर्षीय मुख्तार मियाँको ह त्या भएको खुल्न आएको छ ।
जिल्ला प्र ह री कार्यालयका अनुसार भारतको बिहार राज्य वैशाली घर भई हाल वीरगञ्ज–३ छप्कैया बस्दै आएका मियाँको ह त्या भएको अनुसन्धानपश्चात खुल्न आएको हो ।
आपसी झ ग डा हुँदा फलामको रिन्चले टाउकामा प्र हा र गरेर मियाँको ह त्या गरिएको प्र हरी ले जनाएको छ ।
मियाँको ह त्यामा संलग्न भएको आरोपमा प्र ह रीले बिहारको पूर्वी चम्पारण, मोतीहारी–६ घर भई हाल वीरगञ्ज छप्कैया बस्ने ई–रिक्सा चालक सुनिल कुमार, बारा परवानीपुर गाउँपालिका–५ बस्ने निकेश पटेल, बिहारको मुङ्गेरका घर भई वीरगञ्ज छप्कैया बस्ने सपन मण्डल, भारत बिहार घर भई वीरगञ्ज छप्कैया बस्ने नाजिर हुसैन र छप्कैया बस्ने बाबर हुसैनलाई प्रह रीले प क्रा उ गरेको हो ।
जिल्ला प्र ह री कार्यालयका प्र ह री प्रवक्ता प्र ह री नायब उपरीक्षक ओमप्रकाश खनालले अनुसन्धानका क्रममा मियाँको ह त्या भएको खुल्न आएको र ह त्यामा संलग्न पाँच जनालाई प क्रा उ गरिएको बताउनुभयो । मृ त क मियाँ र प क्रा उ परेका मण्डल एउटै घरमा डेरा गरी बस्दै आएका थिए ।
उनीहरुबीच केही दिनअघि झ ग डा भएपछि मण्डलले मियाँको ह त्या गरी फालिदिने भनी ध म्की दिएका थिए । मण्डलले सुनिललाई भेटी मियाँको हत्या गर्न रु ५० हजार दिएको प्र ह री अनुसन्धानबाट खुलेको जनाइएको छ ।
मियाँको ह त्यामा संलग्न पाँच जनालाई प क्रा उ गरिए पनि एक जना भारतीय नागरिक फरार रहेको जिल्ला प्र हरी कार्यालयले जनाएको छ ।