आज तीन सय घट्यो सुनको मूल्य, कारोबार कतिमा ?

admin

काठमाडौं, २ माघ : हप्ताको दिन (आज) आइतबार सुनचाँदीको मूल्य सामान्य घटेको छ । आइतबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेर ९२ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आइतबार तेजाबी सुनको मूल्य समेत तोलामा तीन सय रुपैयाँले नै घट्दै ९१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी चाँदी तोलामा १० रुपैयाँले सस्तो भएको छ । आइतबार चाँदीको मूल्य तोलामा १२ सय ५० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

प्रतिक्रिया