जापान, अमेरिका र रुसमा सुनामी आउन सक्ने मौसम विभागको चेतावनी

admin

एजेन्सी, २ माघ : जापान र अमेरिकाले सुनामी आउन सक्ने चेतावनी दिएका छन् ।

प्रशान्त महासागरमा ज्वालामुखी विस्फोट भएकाले सुनामीको जोखिम बढेको भन्दै त्यहाँका मौसम विभागले चेतावनी दिएका हुन् । जापानको मौसम विभागले ३ मिटर उचाइमा सुनामीको लहर आउन सक्ने सम्भावना रहेको जनाएको छ ।

यस्तै, अमेरिकाको क्यालिफोर्निया, ओरेगन, वाशिङ्टन, अलास्का लगायत क्षेत्रमा सुनामीको खतरा रहेको बीबीसीले जनाएको छ । यस्तै, रुसले पनि सुनामीको चेतावनी जारी गरेको छ । सुनामीबाट बँच्न तटीय क्षेत्रका नागरिक सुरक्षित ठाउँमा सरेका छन् ।

प्रतिक्रिया