सामान्य बढ्यो आज सुनचाँदीको मूल्य, कारोबार कतिमा ?

admin

काठमाडौं, ३ माघ : (आज) सोमबार सुनको मूल्य एक सय रुपैयाँले बढेको छ ।

तोलामा (हिजो) आइतबार ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार ९२ हजार ५ सय रुपैयाँमा पुगेको हो ।

यस्तै, तेजावी सुनको मूल्य तोलाको ९२ हजार निर्धारण भएको छ भने चाँदी पनि सोमबार तोलामा ५ रुपैयाँले बढेर १२ सय ५५ रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । ।

प्रतिक्रिया