देउवा र प्रचण्डबीच भेटवार्ता : संवैधानिक व्यवस्था अनुसार नै स्थानीय तहको चुनाव गर्ने प्रतिबद्धता

admin

काठमाडौं, ३ माघ : प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच (आज) सोमबार भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा संवैधानिक व्यवस्था अनुसार नै स्थानीय तहको चुनाव गर्नेबारे देउवा र प्रचण्डबीच छलफल भएको छ ।

साथै थप आवश्यक छलफल गर्न सरकार सञ्चालनका लागि गठित राजनीतिक समन्वय समितिको (भोलि) मंगलबार बिहान ९ बजे बालुवाटारमा बोलाइएको छ ।

देउवा र प्रचण्डबीचको भेटमा स्थानीय तहको चुनाव लगायत विषयमा छलफल गर्न मंगलबार राजनीतिक समन्वय समितिको बैठक बोलाउने निर्णय भएको प्रचण्डको सचिवालयका सदस्य तथा अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष रमेश मल्लले ट्वीट गरी जानकारी दिएका छन् ।

अब बस्ने मन्त्रिपरिषद् बैठकबाट सरकारले स्थानीय तह चुनावको मिति तय गर्ने भएको छ । पाँच दलीय गठबन्धन चुनावका लागि प्रतिबद्ध रहेको र अब बस्ने मन्त्रिपरिषद् बैठकबाट मिति टुङ्गो लाग्नेछ ।

प्रतिक्रिया