आज थप ६ हजार ७३४ जनामा संक्रमण पुष्टि, तीन जनाको ज्यान गयो

admin

काठमाडौं, ३ माघ : (आज) सोमबार ६ हजार ७ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ४६५ जनामा गरिएको नमुना परीक्षणमा ६७३४ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही समयावधिमा ३ जनाको ज्यान गएको छ भने ५ सय ४७ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

मन्त्रालयका अनुसार अहिले देशभर ३०,८७७ जना सक्रिय संक्रमित रहेका छन् । बितेको २४ घण्टामा देशभर १ लाख ४३ हजार ३६० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया