आज बस्ने सर्वोच्च अदालतको पूर्ण बैठकमा प्रधानन्यायाधीश जबरा पनि सहभागी हुने

admin

काठमाडौं, ४ माघ : सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले (आज) मंगलबार फुल कोर्ट अर्थात पूर्ण बैठक बोलाएका छन् । बैठक दिउँसो साढे १ बजे बस्ने छ ।

कोरोना संक्रमण देशव्यापी रुपमा नै बढेको र सर्वोच्च, उच्च तथा जिल्ला अदालतमा न्यायाधीशदेखि कर्मचारीमा कोरोना संक्रमण देखिएको अवस्थामा ‘आवश्यक निर्णय’ गर्न भन्दै प्रधानन्यायाधीशले पूर्ण बैठक बोलाएका हुन् ।

बैठकमा प्रधानन्यायाधीश जबरा पनि सहभगी हुने सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए । सर्वोच्चका प्रधानन्यायाधीश जबराविरुद्ध न्यायाधीशहरु अझै पनि आन्दोलनमा छन् ।

प्रतिक्रिया