यात्रा गर्दा मास्क लगाए-नलगाएको बारे अनुगमन सुरु

admin

काठमाडौं, ५ माघ : सार्वजनिक ठाउँमा हिँडडुल गर्दा वा सार्वजनिक गाडीमा यात्रा गर्दा मास्क लगाएको नलगाएको बारे अनुगमन सुरु भएको छ ।

काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक गाडीमा अनुगमन थालेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार अहिले सम्झाई बुझाई गरेर मास्क लगाउन आग्रह गर्ने गरिएको छ ।

यस्तै, संक्रमणको जोखिमलाई मध्यनजर गर्दै काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले धार्मिकस्थलमा हुने नित्य पूजा र प्रार्थनाबाहेकका सबै पूजामा रोक लगाएका छन् भने आमसभा, जुलुस, सभा, भेलालगायत गतिविधि पनि निषेध गरेका छन् ।

प्रतिक्रिया