फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

admin

काठमाडौं, ५ माघ :  नेपाल आयल नियमले पेट्रोलियम पद्धार्थमा मूल्यवृद्धि गरेको छ ।

निगमले आज राती १२ बजेबाट लागू हुने पेट्रोल, डिजेल र मट्टीतेलमा ३ /३ रुपैयाँको दरले मूल्यवद्धि गरेको हो ।

यस्तै आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ मूल्यवृद्धि गरिएको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ सय ३९ रुपैयाँ तथा डिजेल र मट्टीतेलको १ सय २२ रुपैयाँ कायम हुनेछ । यस्तै हवाई इन्धनको समायोजनपछि १ सय ६ रुपैयाँ कायम हुनेछ ।

यसअघि निगमले गत कार्तिकमा मूल्य समायोजन गरेको थियो ।

एलपी ग्यासको मूल्य भने निगमले यथावत राखेको छ । मूल्य समायोजनपछि पनि निगमले चरम घाटा व्यहोरिरहेको जनाएको छ । निगमले १५ दिनमा १ अर्ब ८८ करोड रुपैयाँ घाटा हुने निगमले जनाएको छ ।

प्रतिक्रिया