चोरी गर्ने दुईजना पक्राउ

admin

दाङ, ५ माघ : दाङमा प्र ह रीले विभिन्न स्थानमा चोरी गरी फरार रहेका २ युवालाई प क्रा उ गरेको छ।

प क्रा उ पर्नेमा तुलसीपुर-५ घर भई हाल तुलसीपुर-६ रजौरा बस्ने २० वर्षीय दिलीप परियार र घोराही–१० नारायणपुर घर भई तुलसीपुरमा उनीसँगै बस्ने १९ वर्षीय विशाल परियार रहेको जिल्ला प्र ह री कार्यालय जनाएको छ।

विभिन्न मितिमा विभिन्न स्थानबाट चो री गरी उनीहरू लुकिछिपी कोठामा बसिरहेको गोप्य सूचनाका आधारमा इप्रका तुलसीपुरबाट गएको प्र ह री टोलीले मंगलबार दिउँसो प क्रा उ गरेको जिल्ला प्र ह री कार्यालयले दाङका प्रवक्ता एवं डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए।

उनका अनुसार प्र ह रीले उनीहरूका साथबाट माछा जस्तो आकारको दाप सहितको राप्ती खुकुरी उद्योगको छाप सहितको खुकुरी एक थान, बच्चाले लगाउने चाँदीको बाला एक थान, चाँदीको सिक्री एक थान, फलामको हतियार नोख एक थान बरामद गरेको थियो।

त्यस्तै रा १ प ५४७३ नम्बरको मोटरसाइकलको ब्लुबुक एक थान, ममता डिसी र चोकमणि गिरीको नाम रहेको राहदानी दुई थान, विभिन्न किसिमका सुनका नक्कली गहना ५ थान र २ वटा विभिन्न किसिमका मोबाइल पनि बरामद भएको प्रवक्ता रिजालले जानकारी दिए।

माघ १ गते राति तुलसीपुर–सल्यान सडक खण्डको मुख्य सडकमा एकैसाथ ११ वटा पसलमा चोरी प्रयास भएयता पनि २ वटा पसलबाट झन्डै ६० हजार बराबरको सरसामान चोरी भएको थियो।

तुलसीपुरमा बितेको ५ महिनामा २२ वटा चोरी सम्बन्धी उजुरी परेका छन्। अधिकांश चोरीका घटनामा किशोर तथा युवाहरूको संलग्नता देखिएको छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार भदौ महिनामा २ वटा कपडा पसलमा चोरी भएको थियो। भदौ महिनामा एकवटा र असोजमा ५ वटा चोरीका घटना भएका छन्।

असोज महिनामा ४ जना युवाको समूहले बाटोमा लुटपाट तथा चोरी गरेको थिए। कार्तिक महिनामा २८ वर्षीय एक युवकले टिभी पसलबाट एलइडी टिभी चोरी गरेका थिए। पुस महिनामा २ वटा चोरी भएका छन्।

प्रतिक्रिया