पीसीआर परीक्षणको शुल्क घट्यो, कहाँ गर्दा कति लाग्छ ?

admin

काठमाडौं, ६ माघ : कोरोना भाइरस कोभिड-१९ परीक्षण गर्दा लाग्ने आरटी पीसीआरको शुल्क घटेको छ । सरकारले कोरोना संक्रमण भएको छ-छैन भनेर जाँच्न गरिने पीसीआर परीक्षणको शुल्क घटाएको हो ।

यसअघि सरकारी प्रयोगशालाबाट लिइँदै आएको एक हजार रुपैयाँ शुल्कलाई समायोजन गरेर आठ सय रुपैयाँ कायम गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै निजी प्रयोगशालाले पीसीआर परीक्षण गर्दा बढीमा एक हजार पाँच सय रुपैयाँ मात्र लिन पाउने भएका छन् ।

यसअघि सरकारले निजी प्रयोगशालाका लागि बढीमा दुई हजार रुपैयाँ शुल्क लिन पाउने व्यवस्था गरेको थियो । निजी अस्पताल सञ्चालकहरुको संगठन (अफिन) का वरिष्ठ उपाध्यक्ष एवं अल्का अस्पतालका अध्यक्ष कुमार थापाले शुल्क घटाएसँगै (हिजो) बुधबारबाटै कार्यान्वयनमा आइसकेको स्पष्ट पारेका छन् ।

गएको सोमबार स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीको संयोजकत्वमा गठित समितिसँग वार्ता भएपछि समितिले मंगलबार सहमति गरेर लागू गरेको हो । पीसीआर शुल्क बढी लिएको सर्वत्र विरोध भएपछि मन्त्रालयले शुल्क घटाउन समिति गठन गरेको थियो ।

समितिको पहिलो बैठकबाटै शुःल्क घटाउने निर्णय गरेको हो । सरकारीमा पीसीआर गर्दा २ सय र निजीमा ५ सय रुपियाँ घटाइएको छ । मूल्य घटाएसँगै बुधबारबाट सरकारी प्रयोगशालामा ८ सय रुपियाँ र निजी प्रयोगशालामा १ हजार ५ सय रुपियाँमा पीसीआर परीक्षण शुरू गरिएको थापाको भनाइ थियो ।

प्रतिक्रिया