खोटाङ, ६ माघ : खोटाङमा जबरजस्ती करणीका छुट्टाछुट्टै कसुरमा एक सातामा नै ३ जना प क्रा उ परेका छन्।
प क्रा उ पर्नेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पा चिउरीडाँडाका ३२ वर्षीय प्रकाश हिङमाङ, सोही नगरपालिका–१० पाथेकाका ४५ वर्षीय धनकाजी राई र रावाबेँसी गाउँपालिका–२ खार्पाका ३१ वर्षीय किशोर पोखरेल रहेका छन्।
प्रकाशले पुस २५ गते बेलुका ५ बजे दोर्पा चिउरीडाँडाकी १६ वर्षीया किशोरीलाई ज ब रजस्ती क र णी गरेको आ रो प छ।
छिमेकीको घरमा पितृ कार्य (श्राद्ध) को निम्तो मानेर घर फर्कँदै गर्दा एक्लै भएको मौका छोपेर डरधम्की देखाई करणी गरेको भन्दै परेको जाहेरीका आधारमा उनी बुधबार प क्रा उ परेका हुन्।
जिल्ला प्र ह री कार्यालय खोटाङको प्रहरी टोलीले खोजतलास गर्दा लुकिछिपी बसेका उनलाई दोर्पा चिउरीडाँडाबाटै प क्रा उ गरेको हो।
अर्का आरोपी धनकाजीले पुस ३० गते बिहान ११ बजे पाथेकाकै एक ४० वर्षीया महिलालाई घरमा एक्लै भएको मौकामा जबरजस्ती क र णी गरेको आरोप छ।
जबरजस्ती गरेको भनी टेलिफोनबाट प्र ह री चौकी तालखर्कलाई प्राप्त जानकारीका आधारमा प्र ह रीले उनलाई मंगलबार पाथेकाबाटै प क्रा उ गरेको हो।
अर्का आरोपी किशोरले खार्पाकी एक १३ वर्षीया बालिकालाई ज ब र ज स्ती करणी गरेको आ रो प छ।
गत भदौ ९ गतेयता उनले पटकपटक बालिकालाई ज ब र जस्ती क र णी गरेको भन्दै बिहीबार परिवारले दिएको जाहेरीका आधारमा उनलाई उदयपुरको रामपुरबाट शुक्रबार प क्रा उ गरिएको हो।
प क्रा उ परेका तीनै जनामाथि जिल्ला अदालतबाट ७ दिनको म्याद थपेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी खोटाङका प्रवक्ता प्रहरी निरीक्षक सागर शाहले जानकारी दिए।