काठमाडौं, ७ माघ : नक्कली मह उत्पादन गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई ज्याठा बस्ने ४७ वर्षीय नरेश श्रेष्ठ छन् ।
काठमाडौं महानगरपालिका-२७ स्थित ज्याठास्थित प्रहरीले उनको कारखानामा छापा मारेर ६ हजार ५ सय लिटर मह बरामद गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी बसन्त कुँवरले बताए ।
एसएसपी कुँवरले भने, ‘सरकारी निकायसँग अनुमती नलिइकन गुणस्तरहीन मह उत्पादन गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।’ ‘स्पर्स’ ब्राण्ड लेखेर महको बट्टामा टाँसेको तर, सो ब्राण्ड सरकारी निकायमा दर्ता गरेको भेटिएको छैन् ।
चिनी र मैदा लगायतका कच्चा पदार्थलाई पकाएर उनले मह उत्पादन गर्थे । यस्तै आरोपीमाथि कालोबजारी ऐन अनुसार म्याद लिएर अनुसन्धान गरिने एसएसपी कुँवरले बताए ।