पुलिस क्लब आहा रारा गोल्डकपको क्वार्टर-फाइनलमा

admin

काठमाडौं, ७ माघ : नेपाल पुलिस क्लब आहा रारा गोल्डकप फुटबलको क्वार्टर-फाइनलमा प्रवेश गरेको छ ।

आज पोखरा रंगशालामा भएको खेलमा हिमालयन शेर्पा क्लबलाई पेनाल्टी शुटआउटमा हराउँदै पुलिस क्वार्टर-फाइनलमा पुगेको हो ।

खेलको निर्धारित ९० मिनेट एक/एक गोलको बराबरीपछि थपिएको अतिरिक्त समयमा पनि गोल हुन सकेन । खेल पेनाल्टी सुटआउटमा पुग्यो ।

अब पुलिसले अन्तिम आठमा मनाङ मर्स्याङ्दी क्लबसँग खेल्नेछ । यसअघि हिजो भएको उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई २–० गोलले हराउँदै एपीएफ क्वार्टर-फाइनलमा प्रवेश गरिसकेको छ ।

प्रतियोगितामा १० टोली सहभागी छन् । प्रतियोगिताको विजेताले १० लाख १ हजार रुपैयाँ र उपविजेताले ५ लाख १ हजार रुपैयाँ पाउने छन् ।

प्रतिक्रिया