बजारमा सिटामोलको अभाव छैन : स्वास्थ्य मन्त्रालय

admin

काठमाडौं, ९ माघ : सरकारले बजारमा प्यारा सिटामोलको अभाव नभएको जिकिर गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह–प्रवक्ता डा.समीरकुमार अधिकारीले बजारमा सिटामोल लगायत कुनै पनि औषधिको अभाव नभएको बताए ।

उनले प्रदेशिक स्वास्थ्य आपूर्ति कार्यालय विराटनगरमा २७ लाख ६४ हजार, प्रदेशिक आपूर्ति केन्द्र धनुषामा २१ लाख ३० हजार, प्रदेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौडामा १० लाख ९८ हजार, प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र पोखरामा १८ लाख, प्रादेशिक स्वास्थ्य आपूर्ति ब्यवस्थापन केन्द्र बुटवलमा २७ लाख ३० र प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र नेपालगञ्जमा १० लाख २० हजार, प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनगढीमा १८ लाख गरी १ करोड ३३ लाख ४२ हजार ५०० एमजीका सिटामोल रहेको उनले बताए ।

केन्द्रीय मेडिकल स्टोर पथलैयामा ११ लाख ९८ हजार सिटामोल मौज्दात रहेको मन्त्रालयको भनाई छ । मन्त्रालयले सिटामोल बाहेक अत्यावश्‍यक औषधि समेत तत्काल अद्यावधिक गर्न सबै सरकारी अस्पतालहरुलाई आग्रह गरेको छ ।

तत्काल चाहिने औषधिको आवश्यकता परेमा नेपाल औषधि लिमिटेडसँग सम्झौता गरि खरिद गर्न समेत मन्त्रालयले सरकारी अस्पतालहरुसँग आग्रह गरेको छ ।

 

प्रतिक्रिया