भूकम्पको धक्क्का महसुस

admin

काठमाडौं, १२ माघ : गोरखाको मनकामना केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

आज बुधवार दिउँसो ४ बजेर ५४ मिनेटमा मनकामना आसपास केन्द्रविन्दु भएर ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको हो ।

यो २०७२ सालको गोरखा भूकम्पको पराकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का गोरखासहित, धादिङ, चितवन, लमजुङलगायतका ठाऊँमा महसुस गरिएको थियो । भूकम्पका कारण कुनै क्षति भएको विवरण नआएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया