बस दुर्घटना, ८ जना घाइते

admin

बैतडी, १३ माघ : बैतडीमा बस दु र्घ ट ना हुँदा ८ जना घा इ ते भएका छन्।

जिल्लाको पाटन–पञ्चेश्वर सडकखण्ड अन्तर्गत मेलौली नगरपालिका वडा नं २ को रौतगाउँ नजिकै बिहीबार बिहान ना ७ ख २५७० नम्बरको पवनदुत यातायातको बस दु र्घ ट नामा परेको हो।

महेन्द्रनगरबाट मेलौलीका लागि छुटेको बस दु र्घ ट नामा परेको हो।  दु र्घ टनामा परी घा इ ते हुनेमा मेलौली नगरपालिका ६ का ४८ बर्षीया कमलापति भट्ट, मेलौली ९ का २४ बर्षीय दुर्गादत्त भट्ट, मेलौली ९ कै ६८ बर्षीय रामसिंह साउँद, मेलौली २ का २१ बर्षीय मनिष चन्द रहेका छन् ।

यस्तै शिवनाथ गाउँपालिका १ का २१ बर्षीय सुशिला चन्द, शिवनाथ ६ का २९ बर्षीय जनक आउजी, कञ्चनपुरको दैजीका २१ बर्षीय पूजा भट्ट र बाराका ४५ बर्षीय सिराज अन्सारी पनि घाइते भएका छन्।

घा इ ते सबैलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको जिल्ला प्र ह री कार्यालय बैतडीले जनाएको छ। बसमा ३२ जना सवार रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

बस सडकबाट ५ मिटर तल खसेको जनाइएको छ । चालक विरेन्द्र लुहार प्र ह रीको नियन्त्रणमा रहेका छन् । दु र्घ टनको कारण भने खुल्न सकेको छैन् ।

प्रतिक्रिया