राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

admin

काठमाडौं, १३ माघ : प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् ।

शीतल निवासमा अपरान्ह ३ बजेदेखि एक घण्टा दुईजनाबीच भेटवार्ता भएको हो । प्रधानमन्त्री सचिवालयले भेटलाई नियमित भनेको छ ।

स्थानीय तह चुनावको मिति घोषणाबारे सत्तारुढ गठबन्धनमा भइरहेको छलफलबीच भएको यो भेटलाई अर्थपूर्ण लिइएको छ । आजै प्रधानमन्त्रीले निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गर्दै छन् ।

 

प्रतिक्रिया