एलबी विश्वकर्माको मुत्युको मुख्य कारण अस्पताल

admin

 

काठमाडौं, १४ माघ :नेपाल पत्रकार महासंघले टीभी टुडेमा कार्यरत पत्रकार एलबी विश्वकर्माको नि ध न हुनुमा सिभिल अस्पतालको लापरबाही मुख्य कारण रहेको निष्कर्ष निकालेको छ ।

महासङ्घले घ ट नाको अध्ययन गर्न महासङ्घको केन्द्रीय सदस्य रामकृष्ण अधिकारीको संयोजकत्वमा तीन सदस्यीय अध्ययन समिति गठन गरेको थियो । उक्त समितिको अध्ययन निष्कर्षले अस्पतालको लापरबाही नै मृ त्युको पहिलो कारण रहको जानकारी गराएको छ ।

सरकारको स्वामित्वमा सञ्चालित उक्त अस्पताल प्रशासन सेवाग्राहीमैत्री नहुुनुको परिणामले पत्रकार विश्वकर्माको नि ध न भएको अध्ययन समितिद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ । महासंघले अग्रपङ्क्तिमा रहेर खटिरहेका पत्रकारको स्वास्थ्य उपचारका लागि विशेष व्यवस्था गर्न सरकारसँग माग पनि गरेको छ ।

महासंघले यस प्रकरणको निस्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनु अस्पतालको जिम्मेवारी र कर्तव्य हुने बताएको छ ।

टीभी टुडेसहित सञ्चार प्रतिष्ठानलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आफ्ना कर्मचारी पत्रकारलाई समाहित गर्न, न्यूनतम पारिश्रमिक लागु गर्न, समयानुकूल पारिश्रमिक पुनरावलोकन गर्न र श्रमजीवी पत्रकार ऐनले व्यवस्था गरेअनुसार सेवा सुविधाको ग्यारेन्टी गर्न, कार्यस्थललाई स्वास्थ्यमैत्री बनाउन महासंघले माग गरेको छ ।

स्वर्गीय पत्रकार विश्वकर्माको परिवारलाई तत्काल राहतस्वरूप रु ५० हजार उपलब्ध गराउने निर्णय गरेको छ ।

 

प्रतिक्रिया