देशभर भेरोसेल खोपको अभाव

admin

काठमाडौं, १५ माघ : देशभर भेरोसेल खोपको अभाव भएको छ । खोप अभाव भएपछि पहिला तालिका निकालेका केही पालिकाले खोप अभियान स्थगित गरेका छन् ।

केन्द्रबाट खोप नआएको भन्दै पालिकाले अभियान स्थगित गरेका हुन् । यस्तै दूध उत्पादन, सङ्कलन, प्रशोधन तथा बिक्रीवितरणमा खटिने झण्डै ३० हजार जनालाई बुस्टर डोज दिने व्यवस्था मिलाइदिन सरकारलाई आग्रह गरेको भए पनि खोप नहुँदा समस्या भएको छ । उनीहरुमध्ये धेरैले यसअघि भेरोसेल खोप लगाएका थिए ।

भेरोसेलको बुस्टर डोज लगाउन चौतर्फी माग भए पनि आपूर्ति नहुँदा समस्या भएको हो । स्वास्थ्य मन्त्रालय र स्वास्थ्य विभागमा भेरोसेल खोपको बुस्टर डोज माग गर्नेहरु बढेका छन् ।

सरकारले माघ २ देखि अग्रपङ्क्तिमा खटिने, माघ १४ देखि ६० वर्षमाथि र पूर्ण मात्रा लगाएको ६ महिना पूरा भएकालाई बुस्टर डोज दिने भनी २०७८ पुस ९ गते निर्णय गरेको थियो ।

 

प्रतिक्रिया