अप्रेसन थिएटरमा डाक्टरबीच झगडा

admin

काठमाडौं, १६ माघ : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई डाक्टरबीच अप्रेसन थिएटरमा भएको वि वा दबारे नेपाल मेडिकल काउन्सिलले छानबिन सुरु गरेको छ ।

घ टना बारे उजुरी परेपछि काउन्सिलबाट सदस्य डा. हरिहर वस्तीको नेतृत्वमा ३ सदस्यीय टोली छानबिन गर्न प्रतिष्ठान पुगेको छ । छानबिन टोलीमा वस्तीसँगै काउन्सिलका अर्का एक सदस्य र विषयविज्ञ पनि छन् ।

गत पुस २९ गते दुर्घटना परी एउटा खुट्टा भाँच्चिएका सिरहाका ललितकुमार साहलाई अप्रेसन गरी रड लगाउने बेला डा. रोशनप्रसाद साह कलवार र अन्य डाक्टरबीच झ ग डा गरेको थियो ।

डाक्टरहरूबीच झ ग डा भएकै कारण बिहान ९ बजे थिएटरमा लगिएका ती बिरामीलाई बेलुका ५ बजे मात्र अप्रेसन सकेर निकालिएको थियो । अहिले ती बिरामी घर फर्किइसकेका छन् ।

डा. कलवारले साइन नेल प्रयोग गरेर अ प्रे सन गरेका थिए । तर अन्य डाक्टरहरूले उक्त सामान प्रयोग गर्ने अनुमति नभएको भन्दै निर्मलीकरण गरेर अर्को नेल तयारी अवस्थामा राखेका थिए ।

सोही वि वा दले चर्को रूप लिएपछि यो घ ट ना प्र ह री, अस्पताल प्रशासन हुँदै काउन्सिलसम्म पुगेको थियो । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू