एक भारतीयको परिवार नै मृत फेला

admin

अमेरिका र क्यानडाको सीमानामा एक भारतीय नागरिकको परिवार नै मृ त फेला परेका छन्।

अमेरिकासँग सीमा जोडिएको क्यानाडाको मनिटोबा सहरमा चिसोका कारण ३९ वर्षीय जगदीश पटेल, ३७ वर्षीया वैशालीबेन पटेल र उनीहरूका छोराछोरी ११ वर्षीया छोरी विहांगी र तीन वर्षीय छोरा धार्मिकको मृ त्यु भएको हो क्यानडाका अधिकारीले जनाएका छन्।

क्यानडाका अधिकारीहरूले चार भारतीय परिवारका सदस्यहरूको मृ त्यु मानव तस्करीसँग जोडिएको बताएका हुन्।

क्यानडाको मनिटोबा नजिकै अत्यधिक चिसोका कारण चारैजनाको मृ त्यु भएको हो। परिवार पैदलै अमेरिका जान खोजेको रात माइनस ३५ डिग्री सेल्सियस तापक्रम पुगेको थियो।

पटेल परिवार पहिलो पटक जनवरी १२ मा क्यानाडाको टोरन्टो शहरमा विमानबाट पुगेको थियो। त्यसपछि उनीहरु पश्चिमी क्यानडाको मनिटोबामा गएका थिए।

जनवरी १८ तिर सीमावर्ती शहर इमर्सनमा गएका थिए। उनीहरुको श व भोलिपल्ट राति भेटिएको थियो।

क्यानाडा अमेरिका सीमा नजिक इमर्सनमा कुनै पनि सवारीसाधन नभेटिएपछि उनीहरुलाई कसैले कारमा लगेर त्यहाँ छाडेको जनाइएको छ। त्यसपछि उनीहरु त्यहाँबाट पैदल हिँडेर अमेरिका छिर्न खोज्दा मृ त्यु भएको हो।

प्रतिक्रिया