हाइड्रोपावरको सुरुङमा बेपत्ता कामदारको शव तीन दिनपछि भेटियो

admin

सोलुखुम्बु,  १६ माघ : सोलुखुम्बुको सोलुखोला दूधकोसी जलविद्युत् आयोजनाको सुरुङमा बेपत्ता कामदारको श व तीन दिनपछि भेटिएको छ ।

निर्माणाधीन ८६ मेगावाटको हाइड्रोपावरको सुरुङमा बिहीवारदेखि बेपत्ता बारा कोलभी नगरपालिका–१ का २४ वर्षीय राकेश चौधरीको श व भेटिएको जिल्ला प्र ह री कार्यालय सोलुखुम्बुले जनाएको छ ।

बिहीवार सुरुङ मार्गमा जाने क्रममा बकेट चुडिँदा हाड्रोपावरका कामदार चौधरी बे प त्ता भएका थिए भने अर्का कामदार पर्साको पटेरवा गाउँपालिका–४ का २० वर्षीय अङ्गत राय थारु घा इ ते भएका थिए । घा इ तेको काठमाण्डौमा रहेको ग्रान्डी अस्पतालमा उपचार भइरहेको आयोजनाले जनाएको छ।

थुलुङ दूधकोसी गाउँपालिका–३ पञ्चनमा निर्माणाधीन हाइड्रोपावरमा एक महिनाको अवधिमा ३ जनाले ज्यान गुमाइसकेका छन् ।

यसअघि गएको पुस ११ गते पानी परीक्षणका क्रममा पाइप विस्फोट हुँदा दुई इञ्जिनियरको ज्यान गएको थियो भने एक जना घाइते भएका थिए ।

प्रतिक्रिया