आलटाल नगरौँ, गठबन्धन टुट्छ भने एमसिसी पारित गरौँ : डा. भट्टराई

admin

काठमाडौं, १७ माघ : जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले एमसिसी सम्झौता तु पारित गर्नुपर्ने बताएका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका डा.भट्टराईले सत्तारुढ पाँच दलीय गठबन्धनमा एमसिसी सम्झौता पेचिलो बन्दै गएको अवस्थामा ट्टीट गर्दै एमसिसी सर्वसम्मतिले पारित गर्नुपर्ने बताएका हुन् ।

एमसिसीबारे जनतामा रहेको भ्रमलाई सबैले एकमुख भएर बुझाउनुपर्ने पनि उनले बताएका छन् । उनले एमसिसीकै वहानामा प्रतिगमन बिरोधी गठबन्धन टुट्न नहुने पनि बताएका छन् ।

उनले ट्वीटमा भनेका छन्, ‘ एमसिसी सम्झौतालाई आलटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गरौं । सबै एकमुख भएर जनतालाई बुझाऊॅ । यही वहानामा प्रतिगमनविरोधी गठबन्धन नटुटोस्।

त्यस्तैगरी डा भट्टराईले एमसिसी प्रकरणमा नेपालका रुढिवादी कम्युनिष्टहरुको लागि घाँटीको हड्डी बनेर देश कंगाल बन्न नहुने धारणा राखेका छन् ।

उनले नेपालको जनसंख्या घटेर शक्ति केन्द्रहरुको चहलखेलले देश बरबादी हुन नहुने पनि उल्लेख गरेका छन् ।

‘एमसिसी प्रकरण नेपालका रूढिवादी ‘कम्युनिष्ट’कालागि घाँटीको हाड नबनोस्,’ उनले भनेका छन्, ‘देश थप कंगाल बनेर जनसंख्या अरू नघटोस् । शक्तिकेन्द्रहरूको चलखेलबाट देश बरबाद नहोस्’

प्रतिक्रिया