एकीकृत समाजवादीका नेता डा. थापाको निधन

admin

काठमाडौं, १७ माघ : नेकपा (एकीकृत समाजवादी)का नेता डा. दुमनसिंह थापाको नि ध न भएको छ। संविधानसभा सदस्यसमेत रहेका थापाको आइतबार राति काठमाडौंको ह्याम्स अस्पतालमा नि ध न भएको हो।

केही समयअघि मिर्गौला प्रत्यारोपण गरेका डा. थापाको उपचारका क्रममा नि ध न भएको जनाइएको छ। उनी सुगर, प्रेसरलगायत रोगबाट पी डि त रहेको र उपचारका क्रममा निधन भएको अस्पतालले जानकारी दिएको एकीकृत समाजवादीका प्रवक्ता जगननाथ खतिवडाले बताए।

अर्घाखाँचीका थापा नेकपा (एमाले) बाट संविधानसभा सदस्य निर्वाचित भएका थिए। एमाले विभाजनपछि उनी एकीकृत समाजवादीको केन्द्रीय निर्वाचन आयोग सदस्य भएका थिए।

थापाको नि ध नमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दुः व्यक्त गरेका छन्। निधनको खबरले स्तब्ध बनाएको बताउँदै नेपालले थापाप्रति श्रद्धान्जलि र परिवारजनमा समवेदना व्यक्त गरेका छन्।

प्रतिक्रिया