खोप लगाएकाहरूको विवरण पेश गर्न मन्त्रालयको निर्देशन

admin

काठमाडौं, १७ माघ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मौज्दात खोप र खोप लगाइसकेकाहरूको विवरण पेश गर्न निर्देशन दिएको छ।

कोरोनाविरूद्ध मोज्दात खोप र खोप लगाएका सबै व्यक्तिको विवरण अनिवार्य पेश गर्न मन्त्रालयले आज सूचना निकालेर आग्रह गरेको हो।

माघ २१ गते शुक्रबार अपरान्ह ३ देखि ४ बजेभित्रमा खोप लगाइसकेकाहरूको विवरण र मोज्दात खोपबारे विवरण दिइसक्नुपर्नेछ।

स्वास्थ्य सेवा विभागअन्तर्गत व्यवस्थापन महाशाखा, सातै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, ७७ जिल्ला स्वास्थ्य कार्यालय, स्थानीय तहहरूले खोप लगाइसकेका र मौज्दात खोपबारे विवरण पेश गर्नुपर्ने हुन्छ।

 

प्रतिक्रिया