मुख्यमन्त्री कार्यालयमा थाल ठटाएर विरोध

admin

हेटौंडा , १७ माघ : बागमती प्रदेशको मुख्यमन्त्रीको कार्यालय अगाडि थाल ठटाएर विरोध प्रदर्शन गरिएको छ ।

प्रदेशको वन ऐन, २०७६ संशोधनको माग गर्दै सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) मकवानपुरले सोमबार एक घण्टा मुख्यमन्त्री कार्यालयको मूलगेटमा थाल ठटाएर विरोध प्रदर्शन गरेको हो ।

फेकोफन मकवानपुरले देशव्यापी सप्ताहव्यापी रूप कार्यक्रम अन्तर्गत ऐनको विरोधमा आइतबार बागमती प्रदेश वन तथा वातावरण मन्त्रालयमा धर्ना दिएको थियो ।

बागमती प्रदेश सरकारले ऐनलाई संशोधन नगरेको र आन्दोलन स्वरुप एक घण्टा थाल ठटाएर विरोध प्रदर्शन गरेको फेकोफन मकवानपुर अध्यक्ष साधुराम चौलागाईले बताउनुभयो ।

विरोध प्रदर्शनमा वन ऐनका ९४ दफामध्ये ८० वटाभन्दा धेरै दफा नेपालको संविधान र संघीय वन ऐन २०७६ संग बाझिएकाले ऐन संशोधन वा खारेज गरी नयाँ ऐन तर्जुमा गर्न माग गरिएको छ ।

प्रतिक्रिया