एमालेले प्रदेश अधिवेशन स्थानीय निर्वाचनपछि मात्रै गर्ने

admin

काठमाडौं, १९ माघ : नेकपा (एमाले)ले प्रदेश अधिवेशन स्थानीय तहको निर्वाचनपछि गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले प्रदेश अधिवेशनहरू स्थानीय निर्वाचनपछि गर्ने निर्णय गरेको प्रचार विभाग उपप्रुमख विष्णु रिजालले जानकारी दिए ।

त्यस्तै बाँकी रहेका जिल्ला अधिवेशनहरू भने निर्वाचनअघि नै गर्ने निर्णय भएको उनले बताए । बैठकले पार्टी पंक्तिलाई स्थानीय तहको निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएको छ ।

स्थानीय निर्वाचनमा केन्द्रित भई केन्द्रीय र प्रदेशस्तरमा अगुवा कार्यकर्ता भेला आयोजना गर्ने, युवा, विद्यार्थी, महिला र किसानबाहेकका जनसंगठनका राष्ट्रिय अधिवेशनहरू तोकिएकै मितिमा गर्ने निर्णय भएको रिजालले बताए ।

आगामी जेठ ४ गते स्थानीय तहको निर्वाचन एकैसाथ गर्न सरकार र आयोग तयार भए पनि सरकारले भने गरेको छैन । त्यस्तै बैठकले पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका पनि पारित गरेको छ ।

बैठकले केन्द्रीय प्रचार तथा प्रकाशन, उद्योग, वाणिज्य तथा आपूर्ति विभाग, पार्टी स्कुल विभाग, सहकारी तथा गरिबी निवारण विभाग र स्थानीय तह विभागमा सदस्यहरू मनोनयन गरेको छ ।

प्रतिक्रिया