‘असई हुँ’ भन्दै हिँड्ने एक जना पक्राउ

admin

काठमाडौं, १९ माघ : आफूलाई प्र ह री सहायक निरीक्षक (असई) भएकाे बताउँदै ढाँट्ने एक व्यक्ति काठमाण्डाैबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भक्तपुरकाे सूर्यविनायक नगरपालिका ८ डाेलेश्वरका साेनाम तामाङ रहेका प्र ह री ले जनाएकाे छ ।

आज बुधवार दिउँसाे भद्रकाली चेक प्वाइन्टमा जाँच गर्ने क्रममा तामाङले आफू असई भएकाे बताएपछि प्रहरीलाई शङ्का लागेकाे थियाे ।

त्यसपछि खाेजी गर्दा उनकाे साथबाट असईकाे ड्रेस र दर्ज्यानीसमेत लगाएकाे आठ वटा पासपाेर्ट साइजकाे फाेटाे फेला परेकाले पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

घटनाको सम्बन्धमा प्रहरी वृत्त सिंहदरबारबाट थप अनुसन्धान भइरहेकाे महानगरीय प्रहरी परिसर काठमाण्डाैका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयाे ।

प्रतिक्रिया