काठमाडौं, १९ माघ : दिउँसै फिल्मी शैलीमा गुण्डाहरु बोलाएर सञ्चारकर्मी माथी साङतिक आक्रमण गरेका ट्रिपल स्टार म्यानपावरमाथी प्र ह रीले उजुरी लिन नमानेको पीडित पक्षले जनाएको छ ।
हिजो सामाखुसीस्थित ट्रिपल स्टार म्यानपावर कम्पनीमा पुगेका सञ्चारकर्मीहरु हरि पाठक,दिपेश पाण्डे र न्यूज टन्टीफोरका फोटो पत्रकार महेश्वर के.सी लगायतलाई ट्रिपल स्टार म्यानपावर कम्पनीका व्यक्तिहरुले कुटपिट गरेका थिए ।
सोही विषयलाई लिएर आज पीडित पक्षहरु मुद्धा दर्ता गर्न महानगरीय प्रहरी वृत महाराजगञ्ज पुगेका थिए । तर प्रमाण नपुगेको भन्दै प्रहरीले उनीहरुको जाहेरी लिन अस्वीकार गरेको पीडित पक्षले गुनासो गरेका छन्।
मुद्धा दर्ताका लागि प्रमाण नपुगेको भन्दै मिडियाहरु मार्फत सार्वजनिक भिडियोलाई प्रहरीले फिल्मको सुटिङको भिडियो भनेको पीडितले बताएका छन्।