एमसीसीलाई लिएर गठबन्धनले भूराजनीतिक द्वन्द्व निम्त्याउन खोजे : प्रदीप ज्ञवाली

admin

काठमाडौं, १९ माघ :  नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमसीसीलाई लिएर गठबन्धन दलले भूराजनीतिक द्वन्द्व निम्त्याउन खोजेको बताउनुभएको छ ।

युवा संघले बुधबार काठमाडौंमा आयोजना गरेको स्थानीय तह निर्वाचन, संवैधानिक व्यवस्था र अबको राजनीति विषयक खुला बहस कार्यक्रममा बोल्दै ज्ञवालीले मुलुक अनिर्णयको बन्दी बन्दै गर्दा गठबन्धन दलले भूराजनीतिक द्वन्द्व निम्त्याउन खोजेको बताउनुभएको हो ।

उहाले एमसीसी विकास परियोजना मात्र भएको भन्दै अहिले जानी जानी भू राजनीतिक प्रतिस्पर्धाको विषय बनाउने काम उचित नरहेको समेत बताउनुभयो ।

ज्ञवालीले जनादेश बिपरित बनेको सरकारले मुलुकलाई अस्तव्यस्त बनाउने काम गरेको आरोप लगाउनुभयो ।

उहाले अहिले ताजा जनादेशमा जानुको बिकल्प नरहेको भन्दै सवै निर्वाचनमा एमाले एक्लै लड्न तयार भएको धारणा राख्नुभयो । उहाले अहिलेको गठबन्धन अप्राकृतिक रहेको बताउनुभयो ।

त्यस्तै कांग्रेस नेता मिनेन्द्र रिजालले एमालेलाई संसदको अवरोध खुलाउन आग्रह गर्दै सभामुखको भूमिका चित्त नबुझे संविधान अनुसार अगाडि बढ्ने बाटो खुला रहेको बताउनुभयो ।

कार्यक्रममा एमाले नेता महेश बस्नेतले संविधान र लोकतन्त्र बचाउन जेठ ४ गतेभित्र स्थानीय तहको निर्वाचन हुनुपर्ने धारणा राख्नुभयो ।

 

प्रतिक्रिया