पेट्रोलियम पदार्थको मूल्यबृद्धिको विरोधमा अनेरास्ववियुको प्रदर्शन

admin

काठमाडौं, १९ माघ :  पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा अनेरास्ववियुले काठमाडौको अस्कल क्याम्पस अगाडी प्रदर्शन गरेको छ ।

तत्काल पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिनुपर्ने भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरुले प्रधानमन्त्री शेर बहादुर देउवाको पुत्ला दहन गरेका थिए ।

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने उनीहरुले जनाएको छन् ।

नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ मूल्य बढाएको जनाएको छ । यससँगै अब पेट्रोल प्रतिलिटर १४२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १२५ कायम भएको छ ।

प्रतिक्रिया