मलद्वारमा लुकाएर ल्याएकाे एक कराेड मूल्यकाे सुनसहित तीन पक्राउ

admin

काठमाडौं, २० माघ : त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुन र माेवाइलसहित तीन जनालाई प्र ह रीले प क्राउ गरेकाे छ। प्र ह रीले एक किलो १५५ ग्राम सुन र चार वटा मोबाइलसहित तीन जनालाई आज प क्रा उ गरेको हाे।

प क्रा उ पर्नेमा गौर नगरपालिका-१० रौतहटका ३२ वर्षीय सुनील कुमार साह, मकवानपुर मनहरी-७ का २८ वर्षीय नवराज परियार र भोटेकोशी गाउँपालिका-३ सिन्धुपाल्चोकका ३९ वर्षीय दावा छिरिङ शेर्पा रहेकाे त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले जनाएकाे छ।

हिमालय एयरलाइन्स र एयर अरेबियाको विमानबाट दुबई र सारजहाबाट आएका उनीहरुलाई प्र ह रीले विमानस्थलको आगमन टनेल गेटबाट प क्रा उ गरेको हो।
प्र ह रीले साहको साथबाट चारवटा आइफोन १३ प्रो म्याक्स तथा एक-एक वटा ५० ग्राम सुनको बेरूवा औंठी र सिक्री बरामद गरेको छ भने परियारको साथबाट एउटा आइफोन १३ प्रो म्याक्स तथा दुईवटा ५० ग्राम सुनको बेरूवा औंठी बरामद गरेको छ।

यस्तै शेर्पाले मलद्वारभित्र लुकाएर ल्याएकाे अर्धठोस एक किलो ५५ ग्रामको सुन प्र ह रीले बरामद गरेको छ। प क्राउ परेका उनीहरुलाई बरामद सामानसहित आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाइएको प्र ह रीले जनाएकाे छ।

बरामद गरिएकाे सुन र माेवाइलकाे मूल्य ९९ लाख २९ हजार ६९८ रहेकाे प्र ह रीले जनाएकाे छ।

प्रतिक्रिया