खेलकुदमन्त्रीले राष्ट्रिय खेलकुद परिषद्को ज्ञापनपत्र लिन मानेनन्

admin

काठमाडौं, २० माघ : राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्यहरूले बोर्डको बैठक तत्काल बोलाउन माग गरेको ज्ञापनपत्र लिन युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले अस्वीकार गर्नुभएको छ ।

आज बिहीवार मन्त्रालयमा राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्यहरूले तत्काल बोर्डको बैठक बोलाउन माग गरेको ज्ञापनपत्र लिन मन्त्री गहरतराजले अस्वीकार गर्नुभएको हो ।

परिषद्को ज्ञापनपत्र बुझ्न अस्वीकार गरेपछि बोर्ड सदस्यहरूले युवा तथा खेलकुद मन्त्रालयको सचिवालयमा ज्ञापनपत्र दर्ता गराएका छन् ।

ज्ञापनपत्र दर्ता गराएपछि सञ्चारकर्मीसँगको कुराकानीमा परिषद्का कार्यकारी बोर्ड सदस्य यकेन्द्रबहादुर कुँवरले विगत पाँच महिनायता परिषद्को बैठक बस्न नसक्दा राखेपमा अन्योलता छाएको बताउनुभयो ।

राष्ट्रिय खेलकुद परिषदमा भइरहेको अन्योलताको निकासका लागि तत्काल बैठक बोलाउन माग गरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया