अनेरास्ववियुद्वारा निर्वाचनकाे मिति यथाशीघ्र तोक्न प्रधानमन्त्री देउवाको ध्यानाकर्षण

admin

काठमाडौं, २० माघ : नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले स्थानीय तहको निर्वाचन मिति यथाशीघ्र तोक्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ ।

बिहीबार अनेरास्ववियुकी अध्यक्ष सुनीता बराल नेतृत्वको टोली प्रदर्शनसहित बालुवाटार पुगेर स्थानीय तहको निर्वाचनको मिति तोक्न सरकारको ध्यानाकर्षण गराएको हो ।

अनेरास्ववियुकी अध्यक्ष बरालले निर्वाचन आयोगले निर्वाचन गर्न गरेको आह्वान पत्रसमेत संलग्न गरेर स्थानीय तहको निर्वाचन गर्न ध्यानाकर्षण पत्र बुझाएको जानकारी दिनुभयो । आयोगले दिएको मितिमा नै निर्वाचन गरेर स्थानीय तहमा हुन सक्ने जटिलतालाई रोक्नुपर्ने उहाको भनाई छ ।

आयोगले जेष्ट चार गते स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ । आयोगको मितिमा निर्वाचन गर्न सकारात्मक देखिएपनि सरकारले भने अझै मिति तोकेको छैन ।

प्रतिक्रिया