गुण्डा लगाएर युटुबरको रामधुलाई गर्ने म्यानपावर सन्चालक प क्रा उ

admin

काठमाडौं, २० माघ : गुण्डा लगाएर सञ्चारकर्मीलाई कुटपिट गर्ने म्यानपावरका सञ्चालक प क्रा उ परेका छन् ।

काठमाडौंको टोखास्थित ट्रिपल स्टार इम्प्लोइमेन्ट प्रालिका सञ्चचालक भीम गुरुङ ठगी आरोपमा प क्रा उ परेका हुन्।

उनलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गठन गरेको ‘मार्सल टोली’ले विहीबार गुरुङलाई प क्रा उ गरेको हो ।

यूएईको ग्लोबल सेक्युरिटी कम्पनीमा रोजगारी लगाइदिने भन्दै १२ जना नेपालीबाट ७ लाख ५० हजारका दरले रकम लिएर भिजिट भिसामा यूएई पठाइ अलपत्र पारेको उजुरीका आधारमा गुरुङलाई प क्राउ गरिएको हो ।

उनले सञ्चारकर्मी र अभियन्तामाथि कार्यालयभित्रै कुटपिट गरेका थिए । केहिदिन अघि उक्त म्यानपावर कम्पनीमा पीडितसँग भिडिओ खिच्न गएका सञ्चारकर्मीमाथि पनि आ क्र मण भएको थियो ।

उनलाई प्र ह रीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीमा लगिएको र थप अनुसन्धान भइरहेको बताइएको छ । सञ्चारकर्मीमाथि भएको कु ट पिट को मु द्धा भने प्रमाण नपुगेको भन्दै प्र ह रीले दर्ता गर्न मानेको थिएन ।

प्रतिक्रिया