काठमाडौं, २० माघ : सवारी साधनमा तोडफोड गरेको भन्दै प्रहरीले आज सिरहाको विभिन्न स्थानबाट जनमत पार्टीका दुई दर्जनभन्दा बढी कार्यकर्तालाई प क्रा उ गरेको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत मिर्चैया, गोलबजार, चोहर्वा, धनगढी, लहानलगायत स्थानमा सवारी साधनमा ढुङ्गामुढा गरी तो डफो ड गर्ने र यातायात बन्द गराउँदै हिँडेका जनमत पार्टीका २६ कार्यकर्तालाई प क्रा उ गरिएको जिल्ला प्र हरी कार्यालय सिरहाका प्रवक्ता प्र ह री नायब उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिए ।
सिरहाकोे नरहा गाउँपालिका–३ स्थित नयाँ चोहर्वामा मिर्चैयाबाट विराटनगरतर्फ जाँदै गरेको ना ४ ख १७९८ नम्बरको ट्याङ्करमा ढुङ्गामुढा गरी तो ड फो ड गर्ने क्रममा १३ जना र बाँकी अन्य ठाउँबाट प क्रा उ परेको उनले बताए ।
ट्याङ्करमा तोडफोड़ गरेर भाग्ने क्रममा जनमतका कार्यकर्ता र प्र ह रीबीच सामान्य झ ड प हुँदा एक प्रह री हवल्दार सामान्य घा इ ते भएको सिरहा प्र ह रीले जनाएको छ ।
जनमत पार्टीले किसानको माग सम्बोधन नभएको भन्दै आजदेखि पूर्वपश्चिम राजमार्गमा बन्द आह्वान गरेको हो । बन्दका कारण राजमार्गमा बिहानैदेखि यातायात साधन नचल्दा यात्रुहरु अलपत्र परेका छन् ।