एमालेले एमसीसीको समर्थन गरे पार्टी छाड्छु : भीम रावल

admin

काठमाडौं, २१ माघ : नेकपा एमालेका नेता डा. भीम रावलले नेपाल कम्युनिष्ट पार्टी एमालेले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई समर्थन गरे एमाले पार्टी छाड्ने बताएका छन् । उनले हिमालय टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम यक्ष प्रश्नमा यस्तो बताएका हुन् ।

उनले एमसीसी सम्झौतामा रहेका केही बुँदाहरु देशको हितमा नरहेको बताए । अमेरिकी सहयोग परियोजना गर्दा भारतको पनि सहमति हुनुपर्ने, अमेरिकाकै कानुन नेपालको कानुनभन्दा माथि हुने लगायतका केही बुँदा अस्पष्ट रहेको उनको दाबी छ ।

कार्यक्रममा बोल्दै उनले एमसीसी सम्झौता नेपालमा ल्याउनमा बाबुराम भट्टराईको पनि हात रहेको बताएका छन् ।

सम्झौतालाई संसदबाट पास गर्नुपर्ने प्रावधान पनि तत्कालीन एमालेकै अर्थमन्त्री युवराज खतिवडाले जारी गरेको उनले बताए । खतिवडालाई कारबाहीको दायरमा ल्याउन आफूले सअघि नै आवाज उठाएको उनको दाबी छ ।

एमसीसीमा मतदान गर्न पार्टीले ह्विीप लगाएको खण्डमा आफू त्यसको विपक्षमा उभिने उनको दाबी छ । य

सको अर्थ उनी पार्टी परित्याग पनि गर्न सक्नेछन् । ‘एकीकृत समाजवादीमा तपाई प्रवेश गर्दै हुनुहुन्छ ?’ भन्ने प्रश्नमा उनले अहिले अन्य पार्टीमा जाने-नजाने नरहेको र आफू एमाले नै रहेको उनो दाबी छ । भविष्यमा के हुन सक्छ भन्ने कुरा अहिल्यै प्रष्ट नभैसकेको उनेको दाबी छ ।

प्रतिक्रिया