एमसीसी सम्झौता खारेज गर्न पूर्व सुरक्षाकर्मी परिषदको माग

admin

काठमाडौं, २१ माघ : पूर्व सुरक्षाकर्मी परिषद् नेपालले एमसीसी सम्झौता खारेज गर्न माग गरेको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै परिषद् नेपालले एमसीसी तत्काल खारेज नगरे कडा कदम चाल्ने चेतावनी समेत दिएको छ ।

एमसीसी देशहितमा नभएको र बहु–विवादित भइसकेकाले खारेज गर्नुपर्ने परिषद्को भनाइ छ । पत्रकार सम्मेलनमा नेपाली सेनाका पूर्वसहायकरथी डा.प्रेमसिंह बस्न्यातले एमसीसीलाई मुलुकको हितमा नरहेको बताए ।

उनले एमसीसी पास गरेमा प्रधानमन्त्री शेरबहादुर देउवालाई सबै नेपालीले कारवाही गर्ने चेतावनी दिए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा प्रदीप ज्ञवालीले अमेरिकामा ८ वटा सम्झौता गरेर लुकाएको उनले आरोप लगाए ।

परिषदका उपाध्यक्ष खगेन्द्र बस्नेतले सम्झौता पास नर्गन सरकारलाई खबरदार र नेपाली जनतालाई सचेत गराउन आफूहरुले खोजेको बताए ।

प्रतिक्रिया