सशस्त्रमा डीएसपी बढुवा प्रक्रिया सुरु

admin

काठमाडौं, २२ माघ : सशस्त्र प्रहरी मुख्यालयले रिक्त नायब उपरीक्षक (डीएसपी) पदमा लामो समयपछि बढुवा प्रक्रिया थालेको छ ।

सशस्त्र मुख्यालयले साधारण समूहअन्तरगतको साधारण उपसमूह र लेखा उपसमूहतर्फ बढुवा प्रक्रिया थालेको हो ।

बढुवा समितिका सदस्य सचिव सशस्त्र प्रहरी नायक महानिरीक्षक (डीआईजी) नारायणदत्त पौडेलद्वारा शुक्रबार जारी सूचनामा मूल्यांक फारम भरी १० दिनभित्र पेस गर्न बढुवाका सम्भाव्य उम्मेदवारलाई भनिएको छ ।

सशस्त्र प्रहरीमा हाल उपसमूहतर्फ डीएसपीका ५७ पद रिक्त छन् । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया