बस र ट्रक ठोक्किँदा आगलागी‚ तीनजनाको मृ त्यु

admin

काठमाडौं, २२ माघ : सुनसरीको कोशी गाउँपालिकास्थित लौकही सडकखण्डमा बस र ट्रक आपसमा ठोक्किँदा बस चालकसहित तीन जनाको मृ त्यु भएको छ।

शुक्रवार राति दुई सवारी साधन ठोकिएलगत्तै आगलागी भएको र बसमा सवार १५ जनाभन्दा बढी यात्रु घा इ ते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ।

उनीहरुको विराटनगर र इनरुवाकाविभिन्न अस्पतालमा उपचार भइरहेको छ। आगलागीमा परी मृ त्यु भएका तीनै जनाको परिचय खुलेको छैन। विपरीत दिशामा जाँदै गरेका बस र ट्रक ठो क्किँ दा आगलागी भएको हो।

ना ८ ख ८४९३ नम्बरको यात्रु बस र निर्माण सामग्री बोकेको ना ६ ख २९९६ नम्बरको ट्रक आपसमा ठो क्किएको हो। आगलागीका कारण बस पूर्ण रुपमा ज लेको छ।

प्रतिक्रिया