नयाँ शैक्षिक सत्र वैशाखदेखि

admin

काठमाडौं, २२ माघ : विद्यालयतहको नयाँ शैक्षिक सत्र आगामी वैशाखदेखि सुरु हुनेभएको छ । कोभिड–१९ को दोस्रो लहरका कारण चालू शैक्षिक सत्र गतअसार १ गतेदेखि सुरु भएको थियो ।


शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव दीपक शर्माले आगामी चैतरवैशाखमा कोभिड–१९ को असर बढे त्यसबेला कुनै निर्णय हुनसक्ने बताउँदै अहिलेसम्मको स्थितिअनुसार आगामी वैशाखबाट नयाँ शैक्षिक सत्र सुरु हुने बताए ।

“आगामी फागुन र चैतभरि पठनपाठनलाई निरन्तरता दिइनुपर्छ । त्यसो भएमा बाँकी कोर्स पनि पूरा हुनेछ” उनले भने, “आगामी वैशाखको पहिलो सातामा वार्षिक परीक्षा गर्ने र लगत्तै नतिजा सार्वजनिक गरी नयाँ शैक्षिक सत्र थाल्नुपर्छ ।”

उहाँले शैक्षिक सत्र सकिएपछि लामो बिदा दिने चलनलाई समय परिस्थितिअनुसार निरन्तरता दिनुपर्छ भन्ने छैन भन्दै थपे, “चैत मसान्तसम्म विद्यार्थीलाई नअल्मल्याऔँ । पढ्न दिऊँ । छिटो विधिबाट सबै काम वैशाखमै सकौँ ।”

विद्यालयहरूले औसतमा ५० देखि ६० प्रतिशतसम्म कोर्स सकेको अवस्था छ । अनलाइनमाध्यमबाट अध्यापन गर्नुपर्ने हुँदा विशेष गरी सामुदायिक विद्यालयका धेरै जसो विद्यार्थी पठनपाठनको पहुँचभन्दा टाढा छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ  ।

प्रतिक्रिया