एमसीसीविरुद्ध २२ राजनीतिक दलको विरोध प्रदर्शन (फोटोफिचर)

admin

काठमाडौं, २२ माघ : सरकारले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) लाई अघि बढाउन लागेको भन्दै २२ दलीय गठबन्धनले वि रो ध प्रदर्शन गरेको छ ।

एमसीसी सम्झौता मुलुकको हित बिपरित रहेको भन्दै यसको खारेजीको माग गर्दै विभिन्न २२ दलको संयुक्त गठबन्धनले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा उनीहरुले एमसीसी चाहिँदैन–देश बेच्‍न पाइदैन, एमसीसी खारेज गर लगाएका नारा लगाएका थिए ।

नेकपा, नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माले), राष्ट्रिय जनमोर्चा, नेपाल, देशभक्त जनगणतान्त्रिक मोर्चा लगाएतले एमसीसीको बिरोधमा प्रदर्शन गरेका हुन् ।

प्रतिक्रिया