एमसिसीलगायत विषयमा सदनमा स्वतन्त्र र निष्पक्ष ढंगले निर्णय हुन्छ : सभामुख सापकोटा

admin

काठमाडौं, २२ माघ :  सभामुख अग्नि सापकोटाले एमसीसी लगाएतका बिषयमा सदनमा स्वतन्त्र, निष्पक्ष ढंगले निर्णय गर्ने बताउनुभएको छ ।

सिहदरबारमा सोमबार बसेको सर्वदलीय बैठकमा सभामुख सापकोटाले अहिलेको अवस्थामा आफु सभामुखको हैसियतमा रहेकाले स्वतन्त्र, निष्पक्ष ढंगले निर्णय गर्ने बताउनुभएको हो ।

बैठकमा एसीसीसहित पछिल्ला विकसित राजनीतिक घटनामा नेताहरूले आफ्नो धारणा राखेका थिए ।

बैठकपछि सभामुख सापकोटाले सवै दलले आआफ्नो धारणा राखेको र आफूले गम्भीरतापूर्वक सुनेको बताउनुभयो ।

उहाले एमसीसीका विषयमा दलहरुकै भूमिका निर्णायक हुने भन्दै आफु रेफ्रीको भूमिकामा मात्र रहेको टिप्पणी गर्नुभयो ।

आफूले संसद सञ्चालन हुनुपर्छ भन्ने विषयमा विशेष जोड दिएको र यसमा सरकार गठबन्धन सवैले पहल गर्नुपर्ने उहाले बताउनुभयो ।

सदनलाई सुचारु गर्ने कुरा र छलफलको वातावरण बनाउने कुरा नै अहिलेको राष्ट्रको सबैभन्दा महत्वपूर्ण कुरा भन्ने कुरामा सबैको एकमत रहेको उहाको भनाई छ ।

त्यस्तै नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक जीवनराम श्रेष्ठले मूल रुपमा संसद् सञ्चालनको विषयमा छलफल भएको जानकारी दिनुभयो ।

उहाले एमसीसी लगाएतका बिषयमा सहमति विकास गरेर अगाडि बढ्ने कुरा भएको बताउनुभयो ।उहाले आफ्ना सांसदहरुको कारवाहीका बारेमा एमालेले राखेको अडान उचित नभएको धारणा राख्नुभयो । सिंहदरबारमा बसेको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले भने सहभागी भएन् ।

प्रतिक्रिया