लामा टेन्डी स्मृति बास्केटबल : कीर्तिपुर र ड्रिम टिमको विजयी सुरुवात

admin

काठमाडौं, २२ माघ : कीर्तिपुर नगरपालिकाले लामा टेन्डी शेर्पा स्मृति खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको पुरुषमा सोमबार विजयी सुरुआत गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगिताको उद्घाटन खेलमा कीर्तिपुरले बीएमकेलाई ९५–६९ ले पराजित ग¥यो । कीर्तिपुरले चारै क्वाटरमा अग्रता लियो ।

कीर्तिपुरले २५–२१, २३–१८, २४–१६ र २३–१४ को अग्रता बनाउदै विजयी सुरुआत गरेको हो । कीर्तिपुरको सहज जितमा सोमन महर्जनले २४ अंक योगदान गरे ।

त्यस्तै पुरुषमै सुजन महर्जनको ३१ अंक सहयोगमा ड्रिम टिमले शंकर देव क्याम्पसलाई ८३–४८ ले सहजै हरायो । शंकरदेवका राजेश ठकुरीले १६ अंक जोडे ।

पहिलो क्वाटरमा १५–१४ को झीनो अग्रता लिएको ड्रिम टिमले अन्तिमसम्म अग्रतालाई जोगाइ राख्यो । ड्रिम टिमले दोश्रोमा २३–१३, तेश्रोमा ३२–१२ र चौथोमा १३–९ अंक जोड्यो ।

नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगिताको महिलामा रोयल बास्केटबल एकेडेमीले ललितपुर हाइमाथि ४८–३९ को जित दर्ता ग¥यो ।पहिलो क्वाटरमा १४–१० को अग्रता बनाएको रोयल दोश्रोमा ९–९ को बराबरीमा रोकियो ।

तेश्रो क्वाटरमा रोयल ८–१२ ले पछि परेपछि खेल ३१–३१ को बराबरीमा पुगेको थियो । चौथो तथा अन्तिम क्वाटर रोयलले १७–८ ले आफ्नो पक्षमा पार्दै जित सुनिश्चित ग¥यो । फागुन १२ गतेसम्म चल्ने प्रतियोगिताको पुरुषमा १३ र महिलामा ५ टिम सहभागी छन् ।

प्रतिक्रिया