एमालेले माग्याे स्वास्थ्यमन्त्रीको राजीनामा

admin

काठमाडौं, २ फागुन : नेपाल कम्युनिष्ट पार्टी एमालेले स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको राजीनामा माग गरेको छ।

खतिवडाले हालै सार्वजनिक कार्यक्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका बेला कोभिडविरुद्धको पहिलो खोप पाँच हजार रुपैयाँमा ‘किनेर लगाएको’ भनी दिएको अभिव्यक्ति गैरजिम्मेवार रहेको र यस्तो झुठो बोल्ने व्यक्ति मन्त्रीजस्तो गरिमामय पदमा बसिरहन नहुने भन्दै राजीनामा मागेको हो।

पार्टीका स्वास्थ्य विभाग प्रमुख योगेश भट्टराईले आज विज्ञप्ती जारी गर्दै केपी ओली नेतृत्वको सरकारले २०७७ फागुन १९ देखि २१ सम्म संघीय संसद सदस्यहरूलाई सिभिल अस्पतालमा नि:शुल्क खोप उपलव्ध गराएको र मन्त्री खतिवडाले त्यसबेला सिभिल अस्पतालको रजिष्टर ख को क्रमसंख्या ४८ मा नाम दर्ता गरी खोप लगाएको उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, ‘खोप किनेर लगाएको’ भन्ने स्वास्थ्यमन्त्री खतिवडाको उक्त भनाइ सरासर झुटो र अफवाहपूर्ण छ। सिभिल अस्पताल, बानेश्वरमा उहाँले पहिलो मात्रा खोप १९ फागुन २०७७ मा लगाएको अभिलेख सुरक्षित छ।

विज्ञप्तीमा मन्त्री खतिवडाले पूर्ववर्ती सरकारलाई बदनाम गर्नकै लागि गलत सूचना दिएर कोभिड जस्तो संवेदनशील विषयमा अफवाह सिर्जना गरेको भन्दै निन्दा गरिएको छ ।

 

प्रतिक्रिया