ज्ञानेन्द्र शाही राप्रपामा समाहित, औपचारिक घोषणा ६ फागुनमा

admin

काठमाडौं, ३ फागुन : ज्ञानेन्द्र शाहीले नेतृत्व गरेको हाम्रो नेपाल हामी नेपाली अभियान राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित हुने भएको छ ।

दुई पक्षबीच आज यस सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । हाम्रो नेपाल हामी नेपाली अभियान राप्रपामा समाहित भएको औपचारिक घोषणा ६ फागुनमा गरिने बताए ।

राप्रपाले समान विचार भएका व्यक्ति, समुह र दलसँग एकता, मोर्चा वा सहकार्य गर्ने नीति लिएर यस कार्यका लागि महामन्त्री डा. धवल शमशेर राणाको संयोजकत्वमा वार्ता समिति बनाएको थियो ।

उक्त वार्ता समितिले ज्ञानेन्द्र शाही नेतृत्वको हाम्रो नेपाल हाम्रो नेपाली अभियानलाइ राप्रपामा समाहित गर्न गरेको प्रस्तावलाई आज राप्रपाको पदाधिकारी बैठकले अनुमोदन गरेको छ ।

प्रतिक्रिया