सभामुखको विरोधमा युवा संघले चलायो सडकमै ‘प्रतिनिधिसभा बैठक’

admin

काठमाडौं, ३ फागुन :  नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले सभामुखबि रु द्ध सडकमा सांकेतिक प्रतिनिधिसभाको बैठक सञ्चालन गरेका छन् ।

मंगलबार नयाँ बानेश्वरमा प्रतिनिधिसभाको सांकेतिक बैठक गरेर सभामुखको गतिबिधिको बिरोधमा व्यङग्यात्मक प्रदर्शन गरेका हुन् ।

प्रतिनिधिसभाको एमालेले गरेको बिरोध जस्तै उनीहरुले सांकेतिक प्रतिनिधिसभाको बैठकमा ‘गैर सांसदलाई संसदमा निषेध गर, पार्टी फुटाउने षड्यन्त्र निषेध गर, संवैधानिक सर्वोच्चता कायम गर, संसदीय मर्यादा उल्लंघन गर्ने सभामुख राजीनामा दे लगाउदै बिरोध गरेका थिए ।

युवा संघका अध्यक्ष किरण पौडेलले अहिले समाभुखलाई जोगाउदै एमससीसीलाई अघि बढाउन प्रधानन्यायाधिशलाई महाभियोग लगाइएको आरोप लगाउनुभयो । उहाले स्थानीय तहको निर्वाचन पनि रोक्ने प्रयन्त भएको पनि बताउनुभयो ।

सभामुखको भूमिका निष्पक्ष नभएको भन्दै सांकेतिक रुपमा प्रतिनिधिसभाको बैठकको आयोजना गरिएको उहाको भनाई छ ।

सभामुखले पार्टी फुटाउन भूमिका खेलेको र सत्तापक्षलाई मात्र सहयोग गरेको भन्दै एमालेले निरन्तर रुपमा प्रतिनिधिसभा बैठक अवरोध गर्दै आएको छ ।

प्रतिक्रिया