एमसीसीलाई संसदबाट अनुमोदन गर्ने कांग्रेसको निर्णय

admin

काठमाडौं, ३ फागुन : नेपाली कांग्रेसले अमेरिकी सहयोग सम्झौता एमसीसीलाई संसदबाट अनुमोदन गर्नुपर्ने निर्णय गरेको छ ।

संसद भवन नयाँ बानेश्वरमा मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकले एमसीसी सम्झौता अनुमोदनसम्बन्धी प्रस्तावको पक्षमा उभिने निर्णय गर्दै यसलाई संसदबाट अनुमोदन गर्नुपर्ने निर्णय गरेको हो ।

बैठकपछि कांग्रेस महामन्त्री गगन थापाले एमसीसीबारे नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको अघिल्लो सरकारले संसदमा दर्ता गराएको प्रस्ताव संसदमा टेबुल गरी पारित गर्नुपर्ने निर्णय भएको बताउनुभयो ।

ओली सरकारले दर्ता गरेको एमसीसी सम्झौता अनुमोदन सम्बन्धी प्रस्तावबारे प्रतिपक्षमै हुँदा पनि कांग्रेसले निर्णय लिइसकेको उहाले बताउनुभयो ।

एमसीसी सम्झौताको पक्षमा सवै दल उभिने विश्वास बैठकले लिएको छ । त्यस्तै बैठकले प्रधानन्यायधिशबिरुद्धको महाभियोगलाई पारित गर्नका लािग सवै दलले सहयोग गर्ने बताउनुभयो ।

बैठकमा कांग्रेस सांसदहरूले एमसीसीमा केन्द्रित भएर धारणा राखेका थिए । परराष्ट्रमन्त्री डा. नारायण खड्का र पूर्वअर्थमन्त्री डा. रामशरण महतले एमसीसीबारे सांसदहरूलाई ‘ब्रिफिङ’ गर्नुभएको थियो ।

पूर्वअर्थमन्त्री महत्तले एमसीसी अनुमोदन नगरे अमेरिकासँग सम्बन्ध बिग्रने भएकाले यसलाई अनुमोदन गर्नुपर्ने बताउनुभयो । उहाले एमसीसीले दिएको समय, १६ फागुनभित्रै अनुमोदन गराउनुपर्ने पनि बताउनुभयो ।

बैठकमा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल हुनेमा आफू विश्वस्त रहेको बताउनुभएको थियो ।

उहाले संसदमा टेबुल भइसकेपछि सबै राजनीतिक दलले यो सम्झौताको पक्षमा अनुमोदन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

 

प्रतिक्रिया